हार्वर्डमा अध्ययन गर्न आउने विदेशी विद्यार्थीको भिसामा रोक

spot_img

काठमाडौँ,२२ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार्वर्ड विश्वविद्यालयमा अध्ययन गर्न चाहने वा एक्सचेन्ज प्रोग्राममा भाग लिन चाहने विदेशी विद्यार्थीहरूको प्रवेशमा अस्थायी रूपमा रोक लगाउने घोषणा गरेका छन्। यो रोक ६ महिनासम्म लागू रहने बताइएको छ।

राष्ट्रपति ट्रम्पले बुधबार जारी गरेको आदेशमा ‘राष्ट्रिय सुरक्षाको चिन्ता’ देखाउँदै हार्वर्डमा विदेशी विद्यार्थी भर्ना रोक्न आवश्यक भएको बताएका छन्। उनले यस किसिमको भर्नाले अमेरिकी हितलाई क्षति पुर्‍याउने आरोप लगाए।

यो कदम अप्रिल महिनामा हार्वर्ड विश्वविद्यालय र ह्वाइट हाउसबीच सुरु भएको कानुनी विवादको भागको रूपमा आएको हो। हार्वर्डले ट्रम्पको यस निर्णयलाई ‘बदला लिने प्रयास’ भन्दै आलोचना गरेको छ र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संरक्षणमा प्रतिबद्ध रहेको बताएको छ।

गत हप्ता एक न्यायाधीशले हार्वर्डका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको अमेरिका प्रवेश रोक्ने प्रयासलाई अस्वीकृत गरेपछि ट्रम्पले नयाँ आदेश जारी गरेका हुन्। ट्रम्पले हार्वर्डलाई विदेशी देशहरूसँग मिलेर आफ्ना विद्यार्थी तथा शिक्षकहरूको अधिकारलाई बेवास्ता गरेको आरोप समेत लगाएका छन्।

यस आदेशले एक्सचेन्ज प्रोग्राममा भिसा लिन चाहने विद्यार्थीहरूको प्रक्रियामा पनि रोक लगाउने छ भने हाल अध्ययनरत विद्यार्थीहरूको भिसा रद्द गर्ने प्रावधानमा परराष्ट्र सचिवालयलाई विचार गर्न निर्देशन दिइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय