पेट्रोल सस्तो, डिजेल र मट्टीतेल महँगो

spot_img

काठमाडौं,१६ साउन । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा एक रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको दुई रुपैयाँ बढाएको छ ।

खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । निगमले तय गरेको मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ ।
चारआली, विराटनगर, बीरगन्ज , जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४७ रूपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १४९ रूपैयाँ पर्नेछ ।

यस्तै काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५९ रूपैयाँ तथा डिजेल–मट्टीतेलको प्रतिलिटर १५० रूपैयाँ पुगेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय