पर्सा, चैत ६ — पर्सा जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ र २ मा मतगणना प्रक्रिया सुरु भएको छ।
निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वार्ड नम्बर १८ र २० का मतपेटिका खोलिएको छ। यसैगरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका–५ को मतपेटिका पनि खोलिएको निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन अधिकृतका अनुसार मतगणना कार्य सुरक्षाका बीच सम्बन्धित दलका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा भइरहेको छ। मतपरिणाम क्रमशः सार्वजनिक गरिने बताइएको छ।

