बारा क्षेत्र नम्बर ३ मा भइरहेको मतगणनाको प्रारम्भिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह अग्रस्थानमा देखिएका छन्। पछिल्लो अपडेट अनुसार साहले ४,८०६ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेका छन्।
उता नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुर ले हालसम्म ८०३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमारी साह ले १८७ मत प्राप्त गरेकी छन्।
प्रारम्भिक मतगणनामा अरविन्द साहले आफ्ना प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछाडि पार्दै अग्रता बनाएका हुन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।
बारा–३ मा विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा भए पनि सुरुवाती मतपरिणामले राष्ट्रिय स्वतन्त्र पार्टीका साहलाई बलियो स्थितिमा देखाएको छ। पछिल्लो अपडेट अनुसार मतगणना बिहान ८:०० बजे सम्मको तथ्यांक हो।

