काठमाडौं,०६ भदौ । टप एण्ड टी–२० सिरिजमा नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा सुरु गरेको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङबाट खेल सुरु गरेको हो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी दोस्रो ओभरमै दुई विकेट हात पार्दै उत्कृष्ट प्रदर्शन गर्नु भएको छ।
समूहमा ११ टोलीमध्ये सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने दबाबमा छ भने पाकिस्तान ६ अंकसहित दोस्रो स्थानमा छ।

