काठमाडौं,१६ भदौ । पप्पु कन्स्ट्रक्सनका मालिक हरिनारायण रौनियारसहितको भ्रष्टाचार मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
न्यायाधीश मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासमा आजको सुनुवाइ भएको हो। यसअघि विशेष अदालतले गुणस्तरहीन पुल निर्माण गरेको आरोपमा रौनियार र उनका छोरालाई दोषी ठहर गर्दै जरिवाना र सजाय सुनाएको थियो।
विशेष अदालतले हरिनारायण र उनका छोरा सुमित रौनियार (पप्पु) लाई जनही ३.५ करोड रुपैयाँ जरिवाना र अन्य सजाय सुनाएको थियो।
तर, दुवै पक्षले फैसलामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए। हरिनारायण र उनका सात अन्य व्यक्तिले फरक मितिमा पुनरावेदन दिएका थिए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ११ जनालाई प्रतिवादी बनाएर पुनरावेदन दायर गरेको थियो।
सर्वोच्च अदालतले दुवै पक्षको पुनरावेदनलाई एकैसाथ राखेर सुनुवाइ गरिरहेको छ।

