spot_img

बीरगन्जमा हैजा संक्रमण घट्दै, ७९१ जना निको

spot_img
spot_img

बीरगन्ज,१७ भदौ । बीरगन्जमा झाडापखाला तथा हैजा संक्रमणको दर घट्दो क्रममा रहेको पाइएको छ। बीरगन्ज महानगरपालिकाले आज (मंगलबार) विहान सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ संक्रमितको संख्या २३ मात्र रहेको छ।

महानगरपालिकाका अनुसार, हालसम्म झाडापखाला तथा शंकास्पद हैजाका ८९९ केस दर्ता भएका छन्, जसमा ७९१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। बाँकी १०८ जना संक्रमित विभिन्न अस्पतालहरूमा उपचाररत छन्।

हैजा संक्रमण देखिएको १२ औं दिनसम्ममा १७६ जनामा कोलेरा पुष्टि भइसकेको छ। तीमध्ये १६२ जना पूर्ण रूपमा निको भएका छन् भने बाँकी १४ जना अझै अस्पतालमा उपचाररत रहेको महानगरपालिकाले जनाएको छ।

संक्रमण नियन्त्रणमा आउन थालेको देखिए पनि स्वास्थ्य विशेषज्ञहरूले व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेका छन्। बीरगन्ज महानगरपालिकाले सचेतना अभियान र आवश्यक चिकित्सकीय सेवा प्रवाहलाई तीव्रता दिएको जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय