एसिया कपमा भारत विजयी, पाकिस्तान सात विकेटले पराजित

spot_img

काठमाडौं,३० भदौ । एसिया कप टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई सात विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन मात्र जोड्न सक्यो। टोलीका लागि शाहिबजादा हारिसले सर्वाधिक ४० रन प्रहार गरे भने शहीन शाह अफ्रिदी ३३ रनमा अविजित रहे। भारतका बलर कुलदीप यादवले ३ विकेट, जसप्रीत बुमराह र अक्षर पटेलले २–२ विकेट लिँदै पाकिस्तानलाई सस्तो स्कोरमा रोके।

लक्ष्य पछ्याउन उत्रिएको भारतले १५.५ ओभरमै ३ विकेटको क्षतिमा सजिलै खेल जित्यो। कप्तान सूर्यकुमार यादवले अविजित ४७ रनको पारी खेले भने तिलक वर्मा र अभिषेक शर्माले समान ३१–३१ रन जोडे। पाकिस्तानका बलर शहीब अयुबले तीनै विकेट हात पारे पनि टोलीलाई जित दिलाउन सकेनन्।

यस जितसँगै भारतले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेको छ भने पाकिस्तानले दुई खेलमा एक जित र एक हारको नतिजा भोगेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय