संसद् जलेकोमा खुसी मनाउने केसीविरुद्ध ७ आपराधिक मुद्दा

spot_img

काठमाडौं,३१ भदाै । संसद् भवन जलेको घटनामा खुसी मनाएको भिडियो बनाएका टिकटकर मनोज केसी उर्फ ‘फिप्टी’ माथि प्रहरीले ७ आपराधिक रेकर्ड फेला पारेको छ।

केसी गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का मुख्य सहयोगी रहेको खुलेको छ। प्रहरीका अनुसार, उनले मिटरब्याज, लुटपाट, डकैती, कुटपिट, जुवाजस्ता गतिविधिहरूमा संलग्नता देखाएका छन्।

उनमाथि उज्ज्वल ढुंगाना र जोन लामालाई खुकुरी प्रहार तथा आँखा फोड्ने लगायत घटनामा पनि अभियोग रहेको छ। २०७३ साल जेठ १९ मा महाराजगन्ज वृत्तमा उनको अन्तिम आपराधिक रेकर्ड दर्ता भएको थियो।

केसीले हालैको भिडियोमा आफू बीआइसीसी गएको तर कुनै गल्ती नगरेको बताएका छन्। तर प्रहरीले उनलाई सार्वजनिक अपराध र गुण्डागर्दीसम्बन्धी ७ मुद्दामा संलग्न भएको पुष्टि गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय