spot_img

यूएईले नेपाली क्रिकेट टोलीलाई भिसा दिने

spot_img
spot_img

वीरगन्ज,०५ असोज । यूएईले आगामी नेपाल र वेस्ट इन्डिजबीचको क्रिकेट सिरिजका लागि नेपाली खेलाडीहरूलाई भिसा दिने संकेत गरेको छ। हालै नेपालमा भएको जेनजी आन्दोलनपछि यूएईले नेपालीहरूलाई भिसा दिन रोकेको थियो।

नेपाल क्रिकेट संघ (क्यान)ले इमरेट्स क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) मार्फत गरेको पहलपछि यूएई सकारात्मक भएको हो।

क्यानका प्रवक्ता छुम्बी लामाले भने, ‘भिसा आउने कुरामा निश्चिन्त छौं। वेस्ट इन्डिजसँगको सिरिज निर्धारित तालिकामा नै आयोजना हुन्छ।’ उनले शुक्रबार यूएई जानुपर्ने भए पनि भिसा नआएकाले खेलाडीहरू रोकिएको बताए। अबको एक–दुई दिनभित्र भिसा आउने आशा क्यानले गरेको छ।

सिरिजका लागि शारजाह क्रिकेट रंगशाला बुक गरिसकिएको छ र टिकट बिक्री पनि सुरु भइसकेको छ। नेपालले सेप्टेम्बर २७, २९ र ३० मा वेस्ट इन्डिजसँग तीनवटा टी–२० खेल खेल्नेछ। प्रतियोगिताको सबै खर्च र व्यवस्थापनको जिम्मेवारी क्यानले लिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय