दसैं मनाउन उपत्यकाबाट गाउँ फर्किनेको भीड

spot_img

काठमाडौँ – दसैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट गाउँ फर्किनेको चाप बढेको छ। शनिबार फुलपाती पर्न लागेको र सोमबारदेखि सरकारी तथा गैरसरकारी कार्यालयहरू विदामा गएपछि यात्रुको संख्या झनै बढेको हो।

उपत्यकामा रोजगारी, पढाइ र विभिन्न कारणले बसोबास गर्दै आएका मानिसहरू दसैंका लागि घर फर्किन थालेका छन्। कार्यालय विदा भएपछि बसपार्क, टर्मिनल र टिकट काउन्टरमा यात्रुको भीड देखिएको छ।

दसैंको मुख्य दिनहरू नजिकिँदै गर्दा उपत्यका छाड्नेको संख्यामा अझ वृद्धि हुने अनुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय