वीरगञ्ज, असोज १४ । उपभोक्ताको स्वास्थ्यसँग खिल्ली उडाउँदै भाटभटेनीमा रहेको KKFC (KFC look-alike) फास्ट फुड ले गुणस्तरीयता र सरसफाइप्रति गम्भीर लापरबाही गरेको खुलेको छ ।
वीरगञ्जमा Bhoj Deal मार्फत अर्डर गरिएको बर्गर ग्राहकलाई अत्यन्तै घटिया अवस्थामा पुगेको छ, जसमा सडेको पालुङो (Spinach) राखिएको छ र गनाएको मेयोनेज हालिएको छ ।
ग्राहकले दिएको फोटोमा स्पष्ट देखिन्छ— बर्गरको भित्रि पात हरियो नभई कालो, कुहिएको र दुर्गन्धित अवस्थामा छ, जसलाई मेयोनेजले ढाकेर पठाइएको छ । यस्तो खाद्यवस्तु उपभोक्तालाई खुवाउनु केवल लापरबाही मात्र नभई स्वास्थ्यसँगै प्रत्यक्ष खेलवाड गर्ने अपराध हो ।
यो घटनाले KKFC जस्तो नाम जोगाउनुपर्ने रेस्टुरेन्टले उपभोक्ता सुरक्षाप्रति कति गैरजिम्मेवार ढंगले व्यवहार गरिरहेको छ भन्ने उजागर गरेको छ ।
यस्तै ‘बिरगञ्जमा मेला लागेको बेला नगरपालिकाको टोली बजार अनुगमनमा निस्कन्छ तर यी ठूला–ठूला रेस्टुरेन्ट, फास्ट फुड र चेन स्टोरसम्म पुग्दैन? सडक छेउका साना व्यापारीमाथि मात्र कारबाही गर्ने, की उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गर्ने यस्ता ब्रान्डेड रेस्टुरेन्टलाई पनि समान मापदण्डमा निगरानी र कारबाहीको दयरामा ल्यउने भन्ने प्रश्न उपभोक्ताबाट उठेको छ ।
यस्ता कुहिएका तथा अखाद्य बर्गर कसरी बिक्रीमा आए?
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग यसबारे कहिले कारबाही गर्छ?
उपभोक्ताको स्वास्थ्यलाई यति ठूलो खतरामा राख्ने KKFC जस्ता फास्ट फुड चेनलाई कारबाही हुन्छ कि हुँदैन?




