पर्सा,२३ कात्तिक । नेकपा (एमाले) केन्द्रीय कमिटीले जारी गरेको देशव्यापी वडा भेला कार्यक्रमअन्तर्गत पर्साको पोखरिया नगरपालिकाको वडा नम्बर–१० मा भेला सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष कमरेड दुःखहरण महतोको अध्यक्षतामा सम्पन्न भेलामा वडा भित्रको संगठनात्मक समीक्षा, आगामी योजनाहरू र पार्टीलाई बलियो बनाउने रणनीतिबारे छलफल गरिएको थियो ।
भेलाले पार्टीलाई स्थानीय तहमा अझ सशक्त बनाउन सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ । कार्यक्रममा उपस्थित वक्ताहरूले एमालेको संगठनात्मक संरचना सुदृढीकरणका लागि घर–घरमा पार्टीको नीति–कार्यक्रम पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
साथै, भेलाले स्थानीय मुद्दाहरूमा जनताको पक्षमा सक्रिय रहँदै पार्टीको जनाधार विस्तार गर्ने निर्णय गरेको वडा अध्यक्ष महतोले जानकारी दिए । भेलामा वडा कमिटीका सदस्य, सल्लाहकार, टोल कमिटीका प्रतिनिधि र स्थानीय कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

