प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा छाैं : हर्क साम्पाङ

spot_img

संखुवासभा, १३ मंसिर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दाबी गरेका छन्। शनिबार खाँदबारीमा आयोजित संगठन विस्तार तथा जागरणसभालाई सम्बोधन गर्दै उनले देशले भोगेको राजनीतिक अस्थिरता, भ्रष्टाचार र असफलताबाट जनताले विकल्प खोज्न थालेको बताए।

साम्पाङले श्रम संस्कृति पार्टी त्यसको विश्वसनीय विकल्प बन्ने र आगामी निर्वाचनमा शतप्रतिशत सफलता हासिल गर्ने दाबी गरे। उनले आफू प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको पनि स्पष्ट पारे।

उनले भने, “हामी भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ। हाम्रो सरकार सुशासन, पारदर्शी र मितव्ययी बन्नेछ। भ्रष्टाचारी, देशद्रोही र विदेशी दलाललाई स्वीकार्ने छैनौं।”

साम्पाङका अनुसार, पार्टीले उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका लागि गाउँ–गाउँमा काम गर्नेछ। “उत्पादन बढाउन नसक्दा प्रायः नेपाली बेरोजगार हुनुपरेको छ। जुन काम आजसम्म भएको छैन, त्यो काम हामीले गर्नेछौं। कोठामा बसेर भाषणमा सीमित हुँदैनौँ, हामी हरेक गाउँमा पुगेर काम गर्ने संगठन निर्माण गर्नेछौं,” उनले भने।

spot_img

ताजा अपडेट

लोकप्रिय