Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026
Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026

वीरगञ्जमा एसबी ट्रेडिङमा प्रहरी...

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ मा प्रहरीले छापा मारेर करिब २५ देखि ३०...

पर्सा–१ मा एमालेको बलियो...

वीरगञ्ज, ११ माघ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नेकपा एमालेको...

अन्तरविद्यालय क्रिकेट र फुटबल...

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत...

उज्यालो नेपाल पार्टीलाई थप...

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय...
spot_img

जाडोमा कागती पानी पिउनु कति फाइदाजनक ?

spot_img

काठमाडौँ,०५ पुस । जाडो याम सुरु भएसँगै अधिकांश मानिस तातो चिया, कफी वा सूपतर्फ आकर्षित हुने गर्छन् । तर मौसम जुनसुकै भए पनि कागती पानी स्वास्थ्यका दृष्टिले लाभदायी पेय पदार्थका रूपमा लिन सकिन्छ । कागतीमा पाइने भिटामिन सी, एन्टिअक्सिडेन्ट र शरीर सफा गर्ने गुणले चिसो मौसममा पनि शरीरलाई सक्रिय र तन्दुरुस्त राख्न सहयोग गर्छ ।
विशेषगरी जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले कागती पानी उपयोगी मानिन्छ । यसमा रहेको प्रशस्त भिटामिन सीले रुघाखोकी, ज्वरो तथा विभिन्न संक्रमणको जोखिम कम गर्न मद्दत गर्छ । मनतातो पानीमा कागती मिसाएर सेवन गर्दा शरीरभित्र जम्मा भएका विषाक्त तत्व बाहिर निकाल्न सहयोग पुग्ने र मेटाबोलिजम सक्रिय हुने चिकित्सकहरू बताउँछन् ।
चिसो मौसममा पाचन प्रक्रिया सुस्त हुने हुँदा ग्यास, कब्जियत र पेट फुल्ने समस्या देखिन सक्छ । यस्तो अवस्थामा कागती पानीले पाचन प्रणालीलाई सहज बनाउने भूमिका खेल्छ । बिहान खाली पेटमा मनतातो कागती पानी पिउँदा बोसो घटाउन मद्दत पुग्ने भएकाले तौल नियन्त्रण गर्न चाहनेहरूका लागि पनि यो लाभदायी मानिन्छ ।
जाडोमा छाला सुक्खा र निस्तेज हुने समस्या सामान्य हो । कागती पानीले शरीरमा आवश्यक पानीको मात्रा कायम राख्न मद्दत गर्ने र छालामा प्राकृतिक चमक ल्याउन सहयोग पुर्‍याउने विश्वास गरिन्छ ।
यद्यपि, कागती पानी सेवन गर्दा केही सावधानी अपनाउन आवश्यक छ । धेरै चिसो पानीमा कागती मिसाएर पिउँदा घाँटी दुख्ने वा रुघाखोकी बढ्न सक्ने भएकाले सधैँ मनतातो पानी प्रयोग गर्नु उपयुक्त हुन्छ । खाली पेटमा कागती पानी पिउँदा केही व्यक्तिमा एसिडिटी वा पेट पोल्ने समस्या देखिन सक्ने भएकाले शरीरको अवस्था अनुसार मात्र सेवन गर्नुपर्छ ।
कागतीको अम्लीय गुणले दाँतको इनामेल कमजोर बनाउन सक्ने भएकाले स्ट्र प्रयोग गरेर पिउनु वा सेवनपछि सफा पानीले मुख कुल्ला गर्नु राम्रो मानिन्छ । साथै, अत्यधिक मात्रामा कागती पानी पिउनु हानिकारक हुन सक्ने भएकाले ठिक्क मात्रामा र नियमित तरिकाले सेवन गर्नु नै स्वास्थ्यका लागि उत्तम उपाय हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय