Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026
Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026

वीरगञ्जमा एसबी ट्रेडिङमा प्रहरी...

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ मा प्रहरीले छापा मारेर करिब २५ देखि ३०...

पर्सा–१ मा एमालेको बलियो...

वीरगञ्ज, ११ माघ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नेकपा एमालेको...

अन्तरविद्यालय क्रिकेट र फुटबल...

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत...

उज्यालो नेपाल पार्टीलाई थप...

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय...
spot_img

आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवमा नेशनल मेडिकल कलेजसँग स्वास्थ्य सेवा सहकार्य सम्झौता

spot_img

बिरगञ्ज, ०५ पुस  — नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ। आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको अवसर पारेर उक्त सम्झौता सम्पन्न गरिएको हो।

सम्झौताको मुख्य उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक तथा विकासात्मक चुनौती भएका बालबालिकालाई गुणस्तरीय, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नु रहेको छ।

सम्झौताअनुसार नेशनल मेडिकल कलेजले आकस्मिक तथा आपत्कालीन स्वास्थ्य सेवा, क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ। साथै ओपीडी, डे–केयर, सामान्य बेड, आईसीयू, एनआईसीयू, पीआईसीयू, शल्यक्रिया, प्रयोगशाला परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, सीटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष छुट प्रदान गरिनेछ। विकासात्मक चुनौती भएका बालबालिकाका लागि छुट सुविधा विशेष रूपमा लागू हुनेछ।

कार्यक्रममा नेशनल मेडिकल कलेजको तर्फबाट अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी, प्रमुख सूचना अधिकारी (CIO) इञ्जिनियर प्रदीप कुमार चौधरी तथा मार्केटिङ म्यानेजर जितेश चन्द्र दासको उपस्थिति रहेको थियो। आशा किरण केन्द्रको तर्फबाट संस्थापक तथा अध्यक्ष सुनिल गुप्ता सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी कार्यक्रममा सशस्त्र प्रहरी बल पर्सा नं. १३ गणका एसपी पूर्णचन्द भट्ट, उद्योगपति सुरेश रुँगटा, मानवसेवा आश्रम बिरगञ्जका संस्थापक देवेश, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता तथा प्रमुख अतिथि अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष डा. बसन्त पन्तलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

उक्त सम्झौता एक वर्षका लागि लागू हुनेछ र आवश्यकता अनुसार दुवै पक्षको आपसी सहमतिमा नवीकरण गर्न सकिनेछ। कार्यक्रममा स्वास्थ्य सेवा र सामाजिक उत्तरदायित्वबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।

सम्झौतामा नेशनल मेडिकल कलेज प्रा. लि. का अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक तथा अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय