कांग्रेस विशेष महाधिवेशनका लागि बारा प्रतिनिधि काठमाडौँ प्रस्थान

spot_img

बारा,२६ पुस । नेपाली कांग्रेसले आयोजना गर्न लागेको विशेष महाधिवेशनमा सहभागिता जनाउन बारा जिल्लाबाट अधिकांश प्रतिनिधि काठमाडौँ प्रस्थान गरेका छन्।

प्रतिनिधिहरू पार्टी संगठन सुदृढीकरण, समसामयिक राजनीतिक विषयमा छलफल र विशेष एजेन्डा अनुसार निर्णय लिन राजधानी पुगेका हुन्।

जिल्ला सचिव राजेश रौनियारका अनुसार बाराबाट निर्वाचित १०४ मध्ये ६५ भन्दा बढी प्रतिनिधि अहिलेसम्म काठमाडौँ पुगेका छन् भने बाँकी प्रतिनिधिहरू पनि भोलिसम्म पुग्ने तयारीमा छन्। प्रतिनिधिहरूले महाधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्दै पार्टीको आन्तरिक लोकतन्त्र, सांगठनिक सुधार र भावी रणनीतिका विषयमा योगदान दिने अपेक्षा गरिएको छ।

कांग्रेस बारा जिल्ला समितिले महाधिवेशनले पार्टीलाई एकताबद्ध र सशक्त बनाउने विश्वास व्यक्त गर्दै सहभागिताका लागि ह्विप जारी गरेको छ। प्रतिनिधिहरूले पनि महाधिवेशनबाट सकारात्मक सन्देश र ठोस निष्कर्ष आउने आशा व्यक्त गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय