रास्वपाले धादिङ–१ बाट आशिका तामाङलाई उम्मेदवारी दियो

spot_img

वीरगन्ज,०५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आशिका तामाङलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। सोमबार रास्वपा पार्टी कार्यालयमा केन्द्रीय सदस्य गणेश पराजुलीले उनलाई औपचारिक रूपमा टिकट प्रदान गरेका हुन्।

रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ अब धादिङ–१ बाट चुनाव लड्ने भएकी छन्। यसअघि उनी काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको चर्चा चलेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय