काठमाडौँ,०५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धादिङ–१ बाट आशिका तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि पार्टी कार्यालयमा असन्तुष्टि चुलिएको छ।
सोमबार पार्टीले तामाङलाई टिकट दिने निर्णय गरेसँगै अन्य आकाङ्क्षीहरू–श्रवण त्रिपाठी, रामकुमार ढुङ्गाना, ध्रुव रेग्मी र रामकुमार थपलिया–बीच विवाद देखा परेको हो। केही कार्यकर्ताले निर्णय अस्वीकार गर्दै तामाङलाई नबोक्ने र सङ्गठनबाट राजीनामा दिने धम्कीसमेत दिएका छन्।
पार्टीभित्रको यो लफडा टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि र आन्तरिक विवादलाई उजागर गरेको छ।

