बामदेव र झलनाथ खनाल चुनाव नलड्ने

spot_img

काठमाडौँ,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता बामदेव गौतम यसपटकको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने भएका छन्। पार्टीले फागुन २१ का लागि अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुङ्गो लगाउँदा गौतमको नाम समावेश गरिएको छैन।

बर्दिया–१ बाट निर्वाचन लड्न प्रस्ताव पाउने गौतमले अस्वीकार गरेका हुन्। उनी बर्दियाका दुवै निर्वाचन क्षेत्रमा पहाडी मूलका उम्मेदवारलाई प्राथमिकता दिनु सही नभएको कारणले मैदान छोड्ने निर्णयमा पुगेको जनाएका छन्।

यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि आगामी निर्वाचनमा उम्मेदवारी नदिने स्पष्ट पार्दै पार्टीको समर्थनमा मात्र रहने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय