एकैदिन १० हजार ४०० ले बढेर सुनको भाउले बनायो नयाँ रेकर्ड

spot_img

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको भाउ उच्च अंकले बढेको छ ।

मंगलबारको तुलनामा बुधबार प्रतितोला १० हजार ४०० रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारको चाँदीको भाउ पनि ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ । मंगलबार चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय