Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026
Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026

वीरगञ्जमा एसबी ट्रेडिङमा प्रहरी...

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ मा प्रहरीले छापा मारेर करिब २५ देखि ३०...

पर्सा–१ मा एमालेको बलियो...

वीरगञ्ज, ११ माघ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नेकपा एमालेको...

अन्तरविद्यालय क्रिकेट र फुटबल...

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत...

उज्यालो नेपाल पार्टीलाई थप...

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय...
spot_img

साँझ ५ बजेभित्र राष्ट्रिय सभाको अन्तिम नतिजा सार्वजनिक हुन्छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

spot_img

काठमाडौँ,११ माघ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा आज साँझ ५ बजेभित्र सार्वजनिक भइसक्ने जानकारी दिएका छन्।

रिक्त रहेका १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान जारी छ। तीमध्ये कोशी प्रदेशको एक पद भने निर्विरोध चयन भइसकेको छ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ र त्यसपछि मतगणना प्रक्रिया सुरु गरिनेछ। “मतदान सकिएको करिब दुई घण्टाभित्र, अर्थात् साँझ ५ बजेभित्र सबै प्रदेशको नतिजा सार्वजनिक गर्ने तयारी छ,” उनले भने।

उनले हालसम्म सबै प्रदेशमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको समेत जानकारी दिए।

प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने यस निर्वाचनका लागि विभिन्न प्रदेशमा छुट्टाछुट्टै मतदान केन्द्र तोकिएका छन्। कोशी प्रदेशमा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय परिसर, मधेस प्रदेशमा जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, बागमती प्रदेशमा हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयमा मतदान भइरहेको छ।

त्यस्तै गण्डकी प्रदेशमा कास्कीस्थित प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा दाङको कर्मचारी मिलन केन्द्र, कर्णाली प्रदेशमा वीरेन्द्रनगर सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालय परिसर तथा सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमा मतदान सञ्चालन भइरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय