Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026
Date
आइत, माघ ११, २०८२
Sun, January 25, 2026

अन्तरविद्यालय क्रिकेट र फुटबल...

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत...

उज्यालो नेपाल पार्टीलाई थप...

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय...

सर्वोच्चले रेशम चौधरीको उम्मेदवारी...

काठमाडौं,११ माघ । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक...

बाबुराम फिर्ता भएपछि गोरखामा...

काठमाडौं,११ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित...
spot_img

पुराना नेताहरूको वर्चस्वले पर्सा कांग्रेस संकटमा: युवा नेतृत्व नदेखिँदा पार्टी भित्र र बाहिर दुबै तर्फ असन्तुष्टी

नेपाली कांग्रेस पर्साले युवा पुस्तामाथि विश्वास गर्न सकेन !

spot_img

वीरगञ्ज, ११ माघ – नेपाली कांग्रेस पर्साले यस पटकको निर्वाचनमा पनि पुरानै नेताहरूलाई चुनावी मैदानमा उतारेको छ। आम मतदातामा नेपाली कांग्रेसप्रतिको आकर्षण घटेको र असन्तुष्टि बढेको अवस्थामा पनि प्रतिनिधि सभाको निर्वाचनमा पुराना अनुहारहरूलाई नै मैदानमा उतारेपछि पार्टी भित्र र बाहिर दुवै तर्फ असन्तुष्टि देखिएको छ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति गगन कुमार थापाले नयाँ तथा युवा पुस्ताका उम्मेदवारहरू उतार्ने अपेक्षा राखिएको थियो। तर, पर्सामा यसको ठिक उल्टो भएको देखिन्छ। अहिलेसम्मका हरेक संसदीय चुनाव लडिसकेका नेताहरूलाई नेपाली कांग्रेसले टिकट दिएको छ। यसबारे पार्टीकै आम कार्यकर्ता र समर्थक मतदाताबीच पनि तीव्र असन्तुष्टि र आक्रोश देखिएको छ।

पटक-पटक चुनाव लड्ने नेताहरूको हैकमवादी प्रवृत्ति पर्सा कांग्रेसमा अझै कायम रहेको स्पष्ट छ। पर्साका केही निर्वाचन क्षेत्रमा नयाँ तथा युवा उम्मेदवारहरू अघि आउने अपेक्षा गरिएको थियो, तर पुराना नेताहरूको प्रभाव र दबाबका कारण नयाँ तथा युवाहरू टिक्न सकेनन्।

क्षेत्र नं. २ मा युवा नेता राकेश यादव आकांक्षी थिए भने अर्का नेता राजेन्द्र बहादुर आमात्य पनि टिकटको लागि आकांक्षी थिए। क्षेत्र नं. १ मा समेत नयाँ पुस्ताका नेताहरूले टिकटका लागि पार्टी पंक्तिमा दबाब दिएका थिए। क्षेत्र नं. ३ मा सुरेन्द्र चौधरीसहित अन्य नेताहरूको नाम सिफारिस गरिएको थियो। क्षेत्र नं. ४ मा पनि पुरानो नेतालाई नेपाली कांग्रेसले मैदानमा अघि सारेको छ।

पार्टीको जिल्ला नेतृत्व समेत पुराना नेताहरूको दबाबमा परेका छन्। क्षेत्र नं. ४ मा पूर्वमन्त्रीले आफ्नो एकल नाम सिफारिस गराउन क्षेत्रीय कमिटी र जिल्ला नेतृत्वलाई दबाब दिएका थिए। फलस्वरूप, देशले परिवर्तन र युवा पुस्तालाई अवसर दिन चाहेको भए पनि नेपाली कांग्रेस पर्साले युवा पुस्तामाथि विश्वास गर्न सकेको छैन।

पर्साका आम मतदाताहरूका अनुसार, नेपाली कांग्रेसले अपेक्षित राम्रा उम्मेदवार उपलब्ध गराउन नसकेको कारण भोट अन्य पार्टीतिर जान सक्ने अवस्था छ। युवाहरू निराश छन् भने कार्यकर्ता र आम मतदाताहरू पनि राम्रा उम्मेदवार र अन्य पार्टीका उम्मेदवारतर्फ आकर्षित हुने देखिन्छन्।

पर्सा क्षेत्र नं. १ बाट कांग्रेसले यसअघि चुनाव हारेका र एक पटक समानुपाति सांसद बन्न सफल बिवादित उद्योगपति अनिल रुङ्गटालाई मैदानमा उतारेको छ। क्षेत्र नं. २ बाट निर्वाचन जितेका, तर जनताको अपेक्षा अनुसार काम गर्न नसकेका, तथा विभिन्न विवादमा परेका नेता अजय चौरसियालाई टिकट दिएको छ। क्षेत्र नं. ३ मा भ्रष्टाचार मुद्दामा जेल जीवन बिताइसकेका तत्कालीन मन्त्री राजकुमार गुप्ता तथा हरेक चुनाव लड्दै आएका नेता सुरेन्द्र चौधरीलाई टिकट दिइएको छ। क्षेत्र नं. ४ मा पर्साका प्रभावशाली नेता रमेश रिजाललाई चुनावी मैदानमा उतारिएको छ।

यी सबै नेताहरू यस पटक मतदाताबाट बहिस्कारमा पर्ने सम्भावना रहेको देखिन्छ। नेपाली कांग्रेसका कार्यकर्ता र आम मतदाता उनीहरूलाई भोट हाल्दा निराश छन्। यसै कारण, बाहिर चर्चा गरिए जस्तो पर्सामा नेपाली कांग्रेसको स्थिति सशक्त नहुने र कमजोर हुन सक्ने आंकलन गरिएको छ। पार्टी नेतृत्वले नयाँ नेताहरूलाई जन्माउन नसकेको र युवा पुस्तालाई अवसर दिन नसकेकोमा पर्सामा तीव्र असन्तुष्टि देखिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय