सर्लाही–४ मा उम्मेदवार गगन थापालाई सिमरामा कार्यकर्ताको भव्य स्वागत

spot_img

सिमरा,१२ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा प्रचारप्रसारका लागि सोमबार बाराको सिमरा पुगेका छन्।

सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिँदै आएका थापालाई सिमरा विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका थिए।

कांग्रेस महाधिवेशन प्रतिनिधि रघु कार्कीका अनुसार थापा सिमराबाट सर्लाही–४ क्षेत्र तर्फ आफ्नो प्रचार अभियान अघि बढाउँदै छन्।

थापाले यसअघि काठमाडौं–४ बाट निर्वाचन लडेका थिए भने यसपटक सर्लाही–४ मा उम्मेदवारी दिएका छन्। कांग्रेस केन्द्रीय समितिले उनलाई प्रधानमन्त्री पदका उम्मेदवारसमेत घोषणा गरिसकेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय