Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

मेक्सिकोको फुटबल मैदानमा सशस्त्र आक्रमण, ११ जनाको मृत्यु

spot_img

काठमाडाैं,१२ माघ । मेक्सिकोको मध्य राज्य ग्वानाजुआतोस्थित एक फुटबल मैदानमा आइतबार भएको सशस्त्र आक्रमणमा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूले घटनाको पुष्टि गरेका हुन् ।

आक्रमण ग्वानाजुआतो राज्यको सलामान्का शहर नजिकै भएको मेयर कार्यालयले जनाएको छ । जारी विज्ञप्तिअनुसार घटनास्थलमै १० जनाको मृत्यु भएको थियो भने घाइते अवस्थामै अस्पताल पुर्‍याइएका एक व्यक्तिको उपचारका क्रममा निधन भएको हो । गोली लागेर घाइते भएका १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थानीय प्रशासनले आक्रमणमा संलग्न व्यक्तिहरूको खोजीका लागि सुरक्षा अपरेशन सुरु गरेको जनाएको छ । घटनाको कारण र आक्रमणकारीबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन् ।

यसअघि शनिबार राति पनि सलामान्का शहरमा मानव अवशेष राखिएका चार वटा झोला फेला परेको थियो । ग्वानाजुआतो राज्य औद्योगिक र पर्यटकीय रूपमा महत्वपूर्ण मानिए पनि पछिल्ला वर्षहरूमा बढ्दो सामूहिक हिंसाका कारण मेक्सिकोको सबैभन्दा हिंसाग्रस्त राज्यहरूमध्ये एक बनेको छ ।

राष्ट्रपति क्लाउडिया शेनबामले आफ्नो प्रशासनको राष्ट्रिय सुरक्षा रणनीतिका कारण सन् २०२५ मा मेक्सिकोमा हत्या दर पछिल्लो एक दशककै सबैभन्दा कम स्तरमा झरेको दाबी गरेकी छन् । तर, अन्तर्राष्ट्रिय मापदण्डअनुसार देशको हिंसात्मक अपराध दर अझै पनि उच्च रहेको बताइन्छ । (रासस/एएफपी)

spot_img

ताजा अपडेट

लोकप्रिय