spot_img

बंगलादेशका तीन प्रहरी अधिकारीलाई मृत्युदण्ड

spot_img
spot_img

काठमाडौँ,१३ माघ । बंगलादेशको एक विशेष अदालतले जुलाई २०२४ मा भएको आन्दोलनका क्रममा मानवताविरुद्धको अपराध गरेको ठहर गर्दै ढाकाका तत्कालीन प्रहरी प्रमुखसहित तीन जना वरिष्ठ प्रहरी अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ।

अन्तर्राष्ट्रिय अपराध ट्राइबुनल (आईसीटी) ले सोमबार ढाकाका तत्कालीन प्रहरी कमिस्नर हबिबुर रहमान, सह–कमिस्नर सुदिप कुमार चक्रावर्ती र उप–कमिस्नर शाह आलम मोहम्मदलाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो।

उक्त मुद्दामा संलग्न ठहरिएका अन्य पाँच जना प्रहरी अधिकारीलाई भने जेल सजाय तोकिएको छ। जुलाई २०२४ मा भएको आन्दोलनका क्रममा भएको दमनसम्बन्धी मुद्दाहरू हाल आईसीटीमार्फत सुनुवाइ हुँदै आएका छन्।

मृत्युदण्डको फैसला सुनाइँदा दोषी ठहर गरिएका तीनैजना अभियुक्त अदालतमा अनुपस्थित थिए। उनीहरूको हालको अवस्था अज्ञात रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

बंगलादेशमा आगामी १२ फेब्रुअरीमा आम निर्वाचन हुँदैछ। अगस्ट २०२४ मा शेख हसिनाको नेतृत्वमा रहेको सरकार अपदस्थ भएपछि हुन लागेको यो पहिलो निर्वाचन हो।

संयुक्त राष्ट्रसंघका अनुसार जुलाई–अगस्ट २०२४ मा भएको आन्दोलन र त्यसपछिको दमनका क्रममा करिब १४ सय जनाको ज्यान गएको थियो। आन्दोलन दबाउन तत्कालीन सरकारले अत्यन्त कठोर बल प्रयोग गरेको संयुक्त राष्ट्रसंघको निष्कर्ष छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय