Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

कोलकातामा दुई गोदाममा आगलागी हूँदा ८ जनाको मृत्यु

spot_img

काठमाडाैं,१३ माघ । भारतको पश्चिम बंगालको राजधानी कोलकातास्थित आनन्दपुर क्षेत्रमा सोमबार दुई ओटा गोदाममा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ । कम्तीमा २० जना कामदारका परिवारले प्रहरी चौकीमा मान्छे बेपत्ता भएको उजुरी लेखाएका छन् । कोलकाता प्रहरीका एक अधिकारीले अहिलेसम्म फेला परेका सबै आठ जनाको शव नराम्ररी जलेको र पहिचान गर्न गाह्रो भएको बताएका छन् ।

यसैबीच, घटनालाई लिएर राजनीतिक विवाद पनि तीव्र भएको छ । दमकल स्रोतले एक प्रसिद्ध मोमो कम्पनीका यी गोदामहरूमा पेय पदार्थ र सुख्खा खानाका प्याकेटहरू राखिएको बताएको छ । आइतबार साँझ ३ बजे आगलागी भएको खबर आएको थियो । लगभग एक दर्जन दमकलले आगो निभाउन प्रयास गरेको भएपनि आगो पूर्ण रूपमा नियन्त्रणमा नआएको बताइएको छ ।

बरुईपुरका प्रहरी अधीक्षक शुभेन्दु कुमारले पत्रकारहरूलाई भने, ‘यस समयमा, जनधनको क्षतिको सही तथ्याङ्क दिन असम्भव छ । घटनाको अनुसन्धान भइरहेको छ । त्यसपछि मात्र तस्वीर स्पष्ट हुनेछ ।’ दुबै गोदामहरू ठूलो क्षेत्रफलमा बनेका र आगो कसरी सुरु भयो भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको घटनास्थलको भ्रमण गरेका अग्नि नियन्त्रक मन्त्री सुजित बसुले बताए ।

spot_img

ताजा अपडेट

लोकप्रिय