काठमाडौं, १८ माघ । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ खुला गरेको छ। कम्पनीले यस चरणमा ५ लाख ७२ हजार ४३१ कित्ता साधारण शेयर निष्कासन गरेको छ।
कुल शेयरमध्ये ३४ हजार ४८४ कित्ता सामूहिक लगानी कोष र १३ हजार ७९३ कित्ता कर्मचारीहरूका लागि छुट्याइएको छ। बाँकी शेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
आईपीओ आवेदन नेपाल धितोपत्र बोर्ड स्वीकृत बैंक र वित्तीय संस्थाका शाखा तथा ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत गर्न सकिनेछ। आईपीओ छिटोमा माघ २१ गते बन्द हुनेछ, तर सबै शेयर बिक्री नभए फागुन ३ गतेसम्म खुला रहनेछ।
सूर्यकुण्ड हाईड्रोको आईपीओ कुमारी क्यापिटल लिमिटेडले निष्कासन तथा बिक्री व्यवस्थापन गर्दैछ। पहिलो चरणमा प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि जारी आईपीओपछि यो दोस्रो चरण हो।

