चुनाव लक्षित नक्कली नोटसहित १० जना भारतमा पक्राउ

spot_img

बीरगन्ज,१९ माघ । फागुन २१ गते हुने आमनिर्वाचन लक्षित गर्दै नेपालमा नक्कली नेपाली र भारतीय रुपैयाँ भित्र्याउने तयारीमा रहेको ठूलो गिरोह भारतमा पक्राउ परेको छ।

पूर्वी चम्पारण प्रहरी र विशेष टोली (एसटिएफ) को संयुक्त कारबाहीमा सीतामढीको मेजरगंज क्षेत्रमा सञ्चालित अत्याधुनिक नक्कली नोट छाप्ने कारखाना फेला पारी ध्वस्त पारिएको छ। छापामारीमा २५ लाख रुपैयाँ बराबरको नक्कली नेपाली नोट, १८,५ सय नक्कली भारतीय रुपैयाँ, नोट छाप्ने हाइटेक मेसिन, कागज, रसायन तथा अन्य सामग्री बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।

घटनामा संलग्न १० जना अभियुक्त पक्राउ परेका छन्, जसमा ३ जना नेपाली नागरिक रहेका छन्। अनुसन्धानमा खुलेको प्रारम्भिक तथ्यअनुसार गिरोहले सीमावर्ती क्षेत्र प्रयोग गर्दै नक्कली नोट नेपाल भित्र्याउने योजना बनाइरहेको थियो। छापामारीमा तीन वटा मोटरसाइकल र एक कार पनि बरामद भएको छ।

प्रहरीले नक्कली नोट कारोबारलाई राष्ट्रिय सुरक्षा र आर्थिक स्थायित्वमाथिको गम्भीर खतरा भएको बताउँदै गिरोहका अन्य सदस्य र मुख्य योजनाकार (मास्टरमाइन्ड) को खोजी तीव्र बनाइएको जानकारी दिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय