spot_img

नेपाली कम्युनिष्ट पार्टी पर्साका उम्मेदवारद्वारा समाजवादी प्रेस संगठन एवं प्रेस सेन्टरसँग अन्तक्रिया

spot_img
spot_img

वीरगंज,१९ माघ – नेपाली कम्युनिष्ट पार्टी पर्साले समाजवादी प्रेस संगठन नेपाल पर्सा एवं प्रेस सेन्टर नेपाल पर्साका पदाधिकारी एवं पत्रकारहरुसँग निर्वाचन बिषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कुमु प्यालेस होटलमा आयोजना गरिएको कार्यक्रममा पर्साको ४ वटै निर्वाचन क्षेत्रको उम्मेदवारहरुको समेत उपस्थिती रहेको थियो ।

अन्तक्रिया कार्यक्रममा पार्टी नेता तथा उम्मेदवारहरु आफुनो धारणा राख्दै नेपाली कम्युनिष्ट पार्टीको एजेण्टा एवं उम्मेदवारको सहभागीतामा भइरहेको निर्वाचन सम्बन्धी प्रचार प्रसार एवं गतिबिधीहरुलाई समाचारको माध्यबाट जनताको बिचमा पु¥याई दिन आग्रह गरेका थिए ।

पर्साको ४ बटै निर्वाचन क्षेत्र पार्टीका उम्मेदवारहरुको जित सुनिश्चित गर्न प्रचार प्रसारलाई थप मजबुद एवं प्रभावकारी बनाई दिन संगठनका पत्रकारहरु नेताहरुले आग्रह गरेका थिए । कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र १ मा उम्मेदवार अजय चौरसिया,क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी, क्षेत्र नं. ३ का उम्मेदवार छोटेलाल यादव र क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुले आफ्नो अवस्थाको बिषयमा समेत पत्रकारहरुलाई जानकारी गराएका थिए ।

उम्मेदवारहरुले आफ्नो क्षेत्रमा बलियो पकट भएको र पार्टीका संगठनहरु मिलेर काम गर्न सके निर्वाचन जित्ने पक्का रहेको दावी गरेका थिए । अन्तक्रिया कार्यक्रममा उम्मेदवारहरुको बिच परिचयात्मक कार्यक्रम समेत गरिएको थियो । अन्तक्रिया कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता बिजय महातो, बालगोपाल थापा,रामचन्द्र साह, बृजलाल पासवान सहित पत्रकार निरज पिटाकोठे,मनोज पटेल,शिनाथ यादव,शम्भु कुमार सुमन लगायतको पनि उपस्थिती रहेको थियो ।

अन्तक्रिया कार्यक्रमले उम्मेदवारलाई जिताउन प्रचार प्रसार मजबुद बनाउँने,समाजिक सञ्जालमा उपस्थिती बलियो बनाउँने एवं पार्टी एजेण्डालाई जनताको बिचलाई सहज रुपमा पु¥याउँने बतावरण बनाउँनु पर्ने निषर्क निकालेको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय