केपी ओली र गगन थापाको नाममा पैसा उठाउने अमेरिकी नागरिक पक्राउ

spot_img

काठमाडौं,१९ माघ । अध्यागमन विभागले अमेरिकी नागरिक एक जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ, जसले नेपाली राजनीतिका ठूला नेताहरूको नाम र फोटो दुरुपयोग गर्दै अन्तर्राष्ट्रिय स्तरमा पैसा उठाएको पाइएको छ।

विभागका अनुसार ती व्यक्तिले वेबसाइटमा नेपाली कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, आरजु राणा देउवा, महेश बस्नेत, विनोद चौधरी लगायत १३ जना नेताहरूको नाम र फोटो प्रयोग गरेर ‘फण्ड’ उठाउने प्रयास गरेका थिए।

अमेरिकी नागरिकले वेबसाइटमार्फत ‘आवर डायनामिक टिम’, ‘लाइब्रेरी’, ‘क्याम्पस सर्भिस’ र ‘प्रशासनिक टिम’ भनेर विभिन्न प्रभावशाली व्यक्तिको नाम दुरुपयोग गरेको पाइएको छ। साथै, उनले एक कलेजको नाममा वेबसाइट तयार पारेर कोरियन, एआई सफ्टवेयर इन्जिनियरिङ, बिजनेस स्टडिजजस्ता पाठ्यक्रम पढाउने दाबी गरेका थिए।

अध्यागमन विभागले पक्राउ परेका व्यक्तिको स्रोत र आर्थिक लेनदेनको अनुसन्धान गरिरहेको छ। विभागले यस घटनालाई ठूला नेताहरूको नाम दुरुपयोग भएको गंभीर अपराधको रूपमा लिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय