spot_img

सप्तरी अब आधुनिक युगतर्फ अघि बढ्दैछ : सिके राउत

spot_img
spot_img

काठमाडौं,२४ माघ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पहिले ‘जंगलराज’ का रूपमा चिनिएको सप्तरी अहिले विकास र आधुनिकताको दिशामा अघि बढिरहेको दाबी गरेका छन्। सप्तरी–२ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका राउतले भिडियो सन्देश जारी गर्दै यस्तो बताएका हुन्।

राउतले विगतमा सप्तरी अशान्ति, झै–झगडा, दमन र मुद्दामामिलाका कारण परिचित रहेको उल्लेख गर्दै अब त्यस अवस्थालाई अन्त्य गरी विकास र आधुनिक युगतर्फ अघि बढाउने लक्ष्य रहेको बताएका छन्। उनले जिल्लालाई शान्त, व्यवस्थित र समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्दै सोही उद्देश्यका लागि आफूलाई मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।

उनले जनमत पार्टी नेतृत्वको सरकार रहेका बेला सप्तरी विकासको मार्गमा अघि बढ्न थालेको दाबी गर्दै आगामी दिनमा अझ तीव्र रूपमा विकासका काम अघि बढाइने बताएका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय