Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
Date
शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026

साउथजोन माध्यमिक विद्यालयको १७...

वीरगंज, २९ माघ — वीरगंज महानगरपालिका–राधेमाईस्थित साउथजोन माध्यमिक विद्यालयले आफ्नो १७औँ वार्षिकोत्सव भव्य...

आफ्नो पक्षमा जनसमर्थन रहेको...

वीरगंज, २९ माघ - चुनावी अभियानलाई तीव्र पार्दै नेपाली कम्युनिस्ट पार्टी, पर्सा निर्वाचन...

संकटदेखि संरचनासम्म : पर्सा–१...

वीरगञ्ज, २९ माघ – पूर्व खानेपानी मन्त्री तथा पर्सा क्षेत्र नम्बर १ बाट...

सानो दीप संस्थाद्वारा विद्यालयमा...

वीरगञ्ज । सानो दीप संस्थाको आयोजनामा श्री शारदा माध्यमिक विद्यालयमा निःशुल्क आँखा, दाँत...
spot_img

भेनेजुएलामा तत्काल राष्ट्रपति चुनाव नहुने घोषणा

spot_img

काठमाडाैं,२८ माघ । भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले देशमा तत्काल नयाँ राष्ट्रपति चयनका लागि चुनाव नहुने स्पष्ट पारेका छन्। अमेरिकी सञ्चारमाध्यम न्यूजम्याक्ससँगको अन्तर्वार्तामा उनले वर्तमान प्राथमिकता चुनाव नभई देशमा स्थिरता र सरकारी संस्थाहरूको पुनर्संरचना भएको बताए।

रोड्रिगेजका अनुसार भेनेजुएलाले हाल न्यायालय, सुरक्षा निकाय, प्रशासन र संवैधानिक संरचनालाई पुनः व्यवस्थित गर्दै कार्यक्षम बनाउने प्रयास गरिरहेको छ। उनी राष्ट्रमा स्थिरता सुनिश्चित गर्नु अहिलेको मुख्य आवश्यकता भएकोमा जोड दिएका छन्।

भेनेजुएलामा राष्ट्रपति कार्यकाल ६ वर्षको हुन्छ। पछिल्लो चुनाव २०२४ मा भएको थियो, जसलाई विपक्षी दल र धेरै अन्तर्राष्ट्रिय समुदायले विवादास्पद र अपारदर्शी भनेका थिए। जनवरी ३ मा अमेरिकी सेनाले राजधानी कारकासमा आक्रमण गरेर राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नीलाई अमेरिका लगेपछि सर्वाेच्च अदालतले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई अन्तरिम राष्ट्रपति नियुक्त गरेको थियो। उनी सेना र सत्तारूढ समाजवादी पार्टी दुवैको समर्थनमा छन्।

रोड्रिगेजका अनुसार नयाँ चुनाव अघि सरकारले विपक्षका सबै धारासँग वार्ता र सहमति खोज्नेछ। राष्ट्रिय मेलमिलाप, राजनीतिक संवाद र संस्थागत स्थायित्व बिना चुनावले देशमा ध्रुवीकरण बढाउने भएकाले चुनाव टार्ने निर्णय गरिएको हो। सरकारले यसबीच केही राजनीतिक बन्दीलाई रिहा गर्ने र माफी सम्बन्धी कानुन अघि बढाएको छ, यद्यपि विपक्षी दलहरूले यसलाई अपर्याप्त र राजनीतिक चाल भएको बताएका छन्।

विश्लेषकहरूले चुनाव टार्ने निर्णयले मादुरो पक्षलाई सत्ता सम्हाल्न थप समय दिएको टिप्पणी गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय