spot_img

रास्वपा कर्णालीको उत्पादनलाई विश्वभर पुर्‍याउन चाहन्छ : बालेन शाह

spot_img
spot_img

काठमाडौं,०७ फागुन । रास्वपा वरिष्ठ नेता बालेन शाहले कर्णालीको गहिराइलाई बुझ्ने र त्यसको विकास गर्ने पार्टी रास्वपा रहेको दाबी गरेका छन्। सुर्खेतमा आयोजित चुनावी सभामा उनले कर्णालीको पीडा र समस्यालाई बुझेर समाधान गर्न पार्टी प्रतिबद्ध रहेको बताए।

बालेन शाहले भने, “देशको सबैभन्दा ठूलो ताल रारा ताल राजा महेन्द्रले भनेको जस्तै स्वर्गकी अप्सरा भएको ठाउँ हो। देशकै सबैभन्दा लामो नदी, ठूलो जिल्ला, ठूलो गाउँपालिका र गहिरो ताल रहेको कर्णालीको यथार्थ बुझ्न आजसम्म कुनै सरकारले सकेको छैन। रास्वपा त्यस गहिराइलाई बुझ्न चाहन्छ।”

उहाँले कर्णालीका स्थानीय उत्पादन जस्तै यार्सागुम्बा, स्याउ र मार्सी चामलको सही बजारसम्म पहुँचको कमीमा चिन्ता व्यक्त गर्दै भने, “आज डोल्पाको यार्सागुम्बा विश्वभर पुर्‍याउन सकिन्छ, तर कर्णालीको स्याउ र मार्सी चामल त्यहाँसम्म पुग्दैन। हामी चाहन्छौं, हाम्रो उत्पादन कम्तीमा पनि देशभर पुर्‍याउने पार्टी बनौं।”

बालेनले पार्टीको लक्ष्यलाई केवल कर्णालीको संरक्षण र उत्पादन प्रवर्द्धनमा सीमित नराखी, समग्र कर्णालीको आर्थिक र सामाजिक विकासमा पनि केन्द्रित रहेको बताए।

spot_img

ताजा अपडेट

लोकप्रिय