महोत्तरी – १ का उम्मेदवार प्रमोदकुमार महतो काे हुन ?

spot_img

महोत्तरी,१५ फागुन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट प्रमोदकुमार महतो लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। गौशाला नगरपालिकाका स्थायी बासिन्दा महतो २०४२ साल साउन १५ मा जन्मिएका हुन् र एसएलसीसम्मको अध्ययन पूरा गरेका छन्।

व्यापार, कृषि र राजनीति क्षेत्रमा सक्रिय महतो स्थानीय स्तरमा जुझारु युवा नेताको रूपमा परिचित छन्। उनी विगतमा स्वतन्त्र रूपमा सामाजिक र राजनीतिक गतिविधिमा संलग्न रहँदै आएका थिए र २०७९ को प्रदेश सभा निर्वाचनमा महोत्तरी–१(ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। उक्त निर्वाचनमा प्राप्त सम्मानजनक मतले उनलाई स्थानीय राजनीतिमा वैकल्पिक शक्ति बनाएको थियो।

हाल रास्वपामा आबद्ध महतोले मुख्यतया सुशासन, भ्रष्टाचार नियन्त्रण र कृषि क्षेत्रको आधुनिकीकरणलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन्।

महोत्तरी–१ क्षेत्र एमाले, माओवादी केन्द्र र अन्य स्थापित दलहरूको प्रभावशाली क्षेत्र मानिन्छ। यस्ता परिस्थितिमा रास्वपाले प्रमोद महतोलाई युवा र नयाँ अनुहारको रूपमा अघि सारेको हो, जसले पुराना राजनीतिक शक्तिहरूलाई चुनौती दिने प्रयास गर्नेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय