काठमाडौं,१३ चैत । शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै देउवाले शाहको सफल कार्यकालको कामना गरेका हुन्। उनले आफ्नो सन्देशमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता शाह प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिँदै देशको हितमा सफल नेतृत्वको अपेक्षा व्यक्त गरेका छन्।
देउवाले प्रधानमन्त्रीसँगै नियुक्त भएका मन्त्रिपरिषद्का सबै सदस्यहरूलाई पनि बधाई दिँदै सफलताको शुभेच्छा प्रकट गरेका छन्।
शाह शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भई सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।




