spot_img

बीरगन्ज नाकाबाट सात महिनामा झण्डै ६ खर्बको आयात

spot_img
spot_img

बीरगन्ज,१३ चैत । चालु आर्थिक वर्षको पहिलो सात महिनामा बीरगन्ज भन्सार कार्यालयमार्फत झण्डै ५ खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँ बराबरका वस्तु तथा सामान आयात भएका छन्।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब ५८ अर्ब ९१ करोड रुपैयाँ (झण्डै ११ प्रतिशत) ले बढी हो, जसले आयात निरन्तर बढ्दो क्रममा रहेको देखाउँछ।

भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टका अनुसार इन्धन र फलामजन्य सामग्री आयातमा सबैभन्दा ठूलो हिस्सा रहेको छ। यस अवधिमा मात्रै १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने ५२ अर्ब ७५ करोड रुपैयाँ बराबरका फलाम तथा फलामबाट बनेका सामग्री भित्रिएका छन्।

त्यसैगरी ४२ अर्ब ४८ करोडको मेसिनरी पार्टपुर्जा, ४१ अर्ब २० करोडको भटमासको कच्चा तेल, ३० अर्ब ९१ करोडको विद्युतीय उपकरण तथा पार्टपुर्जा, २८ अर्ब ५९ करोडको मलखाद र २३ अर्ब ७१ करोडको कपडा आयात भएको तथ्यांकले देखाउँछ।

उच्च आयातले एकातर्फ बजारको माग बढेको संकेत गरे पनि अर्कोतर्फ व्यापार घाटा थप गहिरिने चिन्तासमेत बढाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय