रास्वपाको सरकार बने पर्साको कायापलट हुन्छ : सुशील कानु

spot_img

बीरगन्ज,१६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले शनिबार बीरगन्ज महानगरपालिका–२९ बसडिलवा र बहुदरमाई नगरपालिका–२ सीसीयाडी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन्।

घरदैलोमा उनले मतदातालाई कुशासन र भ्रष्टाचार अन्त्य गरी परिवर्तन ल्याउन रास्वपालाई मतदान गर्न आग्रह गरे। कानुका अनुसार पछिल्लो चार दशकदेखि चल्दै आएको राजनीतिक चक्रव्यूह तोडेर विधिको शासन स्थापना, जनताको जीवनस्तर उकास्ने र समृद्ध नेपाल निर्माण गर्ने रास्वपाको मूल लक्ष्य हो। उनले पर्सा क्षेत्रका सबै रास्वपा उम्मेदवारलाई जिताउन मत मागे।

“पर्सा जिल्लामा देशकै आर्थिक नगरी बीरगन्ज पर्छ। भौगोलिक तथा कूटनीतिक दृष्टिले पनि यो क्षेत्र महत्वपूर्ण छ,” कानुले भने। तर उनले अघिल्ला निर्वाचित प्रतिनिधि र मन्त्रीहरूको बेवास्ताका कारण जिल्लाको शिक्षा, स्वास्थ्य, पूर्वाधार र सडक अवस्था अत्यन्त जीर्ण भएको र विकास योजनामा व्यक्तिगत स्वार्थ प्राथमिक भएको गुनासो गरे।

कानुले रास्वपा नेतृत्वको सरकारले विजयी भए पर्सामा ठूला विकास परियोजना ल्याउने र कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा प्राथमिकता दिइँदै जनताको आधारभूत आवश्यकतामा केन्द्रित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।

कृषि क्षेत्रमा किसानलाई समयमै मल उपलब्ध गराउने, युवालाई सीपमूलक तालिम दिने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रतिवद्धता पनि उनले दोहो¥याए। “स्थानीय तहदेखि सङ्घीय तहसम्म समन्वय गरेर योजनाबद्ध विकास अघि बढाइनेछ,” उनले जोड दिए।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले शिक्षा, स्वास्थ्य, सडक र खानेपानीमा सुधार नहुने गुनासो उठाएका थिए। कानुले मतदातालाई विश्वास दिलाउँदै संसद्मा जनताको आवाज पु¥याउने र विकासमा ठोस परिणाम देखिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्याए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय