spot_img

इरानको विद्यालयमाथि आक्रमणमा ४० विद्यार्थीको मृत्यु

spot_img
spot_img

काठमाडौं,१६ फागुन । दक्षिणी इरान को होर्मोजगान प्रान्त मा रहेको एक बालिका प्राथमिक विद्यालयमाथि इजरायल को आक्रमणमा परी मृत विद्यार्थीको संख्या ४० पुगेको छ।

मिनाब सहरस्थित उक्त विद्यालयमा भएको आक्रमणले ठूलो जनधनको क्षति पुर्‍याएको छ। प्रारम्भमा अल–जजीरा मिडियाले पाँच जनाको मृत्यु भएको समाचार प्रकाशित गरेको थियो भने पछि मृतक संख्या क्रमशः २४ र अहिले ४० पुगेको छ।

इरानको सरकारी समाचार संस्था IRNA ले मृतकको संख्या पुष्टि गरेको छ। आक्रमणसँगै राजधानी तेहरान र अन्य प्रमुख सहरमा विस्फोटका आवाज सुनिएका छन्।

तेहरानस्थित आयातुल्लाह अल खामनेई को कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ। घटनाले अन्तर्राष्ट्रिय समुदायमा तनाव र सुरक्षा चिन्ता बढाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय