फ्लाई दुबईका उडान मार्च ११ सम्म स्थगित

spot_img

काठमाडौं,२६ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा अमेरिकी तथा इजरायली आक्रमण कारण नेपालबाट हुने नियमित उडान रद्द भएको जनाएको छ।

आजका लागि तय गरिएका विभिन्न सातवटा वायुसेवा कम्पनीका दर्जनभन्दा बढी उडानहरु रद्द गरिएको विमानस्थलले जानकारी दिएको छ।
सोमबार जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका कुवेत, शारजाह, दुबई, दोहा र दमामका उडानहरु रद्द भएको विमानस्थलले जनाएको छ।

फ्लाई दुबईका उडानहरु आगामी मार्च ११ तारिखसम्म नै रद्द गरिएको सूचनामा उल्लेख छ।

यात्रुहरूलाई थप जानकारीका लागि आ–आफ्नो वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न विमानस्थलले समेत आग्रह गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय