ग्रीस पठाइदिन्छु भन्दै २५ लाख असुल्ने युवक ललितपुरबाट पक्राउ

spot_img

बीरगन्ज,२८ फागुन । वैदेशिक रोजगारीका नाममा ग्रीस पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१ बस्दै आएका २२ वर्षीय सम्योग राई रहेका छन्।

प्रहरीका अनुसार राईले ग्रीस पठाइदिने प्रलोभन देखाउँदै तीन जना पीडितबाट कुल २५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए। पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको हो।

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय