काठमाडौं,०३ चैत । स्वर्णिम वाग्लेले जनप्रतिनिधिहरूले प्राप्त जनमत र पदको गरिमालाई ध्यानमा राख्दै जिम्मेवारीपूर्ण ढंगले काम गर्नुपर्ने बताएका छन्।
ललितपुरमा सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले हाल पार्टीले ठूलो जनसमर्थन पाएको उल्लेख गर्दै त्यसलाई सम्मान गर्न सबै जनप्रतिनिधि देश र जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए।
उनले सांसदहरूको मुख्य भूमिका कानून निर्माण रहेको उल्लेख गर्दै सरकार आफ्नै नेतृत्वमा बने पनि त्यसको कामको समीक्षा, अनुगमन र निगरानी गर्नु जनप्रतिनिधिको दायित्व हुने बताए।
वाग्लेले पदको गरिमा कायम राख्न थप जिम्मेवारी र मेहनत आवश्यक पर्ने उल्लेख गर्दै सबैलाई सचेत र सक्रिय भएर काम गर्न आग्रह गरेका छन्।




