जनकपुर,०६ चैत । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालमा पहिलोपटक जनकपुरधाम आएर प्रसिद्ध जानकी मन्दिरमा पूजाअर्चना गरेकी छन्।
प्रधानमन्त्री कार्कीले मन्दिर दर्शनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यो धार्मिक यात्रा पूर्णतः व्यक्तिगत र आध्यात्मिक उद्देश्यको रहेको बताइन्। उनी देशका विभिन्न जिल्लामा भ्रमणरत छन् र हिजोमात्रै कर्णालीका जिल्लाहरूमा पुगेर निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने स्थानीयहरूलाई धन्यवाद दिएकी थिइन्।
प्रधानमन्त्रीको यो मन्दिर भ्रमणले धार्मिक र सांस्कृतिक महत्वका साथसाथै जनकपुरधाममा उच्चस्तरीय उपस्थितिको संदेश पनि दिएको विश्लेषकहरूले बताएका छन्।




