रास्वपाले संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने

spot_img

काठमाडौं,०६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयनका लागि मतदान नगर्ने निर्णय गरेको छ। पार्टीभित्रको आन्तरिक छलफलपछि सबै निर्वाचित सांसदहरूको सहमतिमै नेता सर्वसम्मत चयन गर्ने निष्कर्षमा पुगिएको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार शीर्ष नेताहरूबीच सहमति बनेसँगै निर्वाचन प्रक्रिया नगरी सहमतिमै नेतृत्व चयन गरिनेछ। यसअनुसार वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेतामा अघि सार्ने तयारी गरिएको छ।

रास्वपाको विधानमा भने दलको नेता निर्वाचनबाट चयन गर्ने व्यवस्था भए पनि सहमतिमै नेतृत्व चयन गर्ने निर्णयलाई औपचारिकता दिन चैत १२ गते केन्द्रीय समिति बैठक बोलाइएको छ।

बैठकले सर्वसम्मत निर्णय अनुमोदन गरेपछि शाहलाई औपचारिक रूपमा संसदीय दलको नेता घोषणा गरिनेछ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय