spot_img

निर्वाचनमा बालअधिकार उल्लङ्घन: अध्ययनले देखायो ३५० घटना

spot_img
spot_img

काठमाडौं,०७ चैत । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का क्रममा बालबालिकाको दुरुपयोग र बालअधिकार उल्लङ्घनका ३५० घटना दर्ता भएको अध्ययनले देखाएको छ।

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान नेपाल (सिजप) ले निर्वाचनअघि २८६ र निर्वाचनपश्चात् १९ घटना दर्ता गरेको जानकारी दिएको छ। रिपोर्टमा बालबालिकालाई झण्डा, चिह्न, राजनीतिक पोशाक लगाएर जुलुस, आमसभा, गीत–नृत्य कार्यक्रममा सहभागी गराउने, भिडियो र सामाजिक सञ्जालमा प्रचार सामग्री बनाउने जस्ता गतिविधि उल्लेख छ।

अध्ययनले विद्यालय भवनमा जुलुस, मतदान केन्द्रमा प्रचार, अभिभावक र सामाजिक सञ्जाल मार्फत बालबालिकालाई मत माग्न प्रयोग गर्ने जस्ता गतिविधिले बालबालिकालाई जोखिममा राखेको औँल्याएको छ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दुर्गाप्रसाद चालिसेले मतदानका दिन बालबालिकाको दुरुपयोग कम गर्न सरोकारवाला निकायले सहयोग गरेको बताए। राष्ट्रिय बाल अधिकार परिषद्का कार्यक्रम संयोजक श्रीराम अधिकारीले कानुनी व्यवस्था कडा गर्नुपर्ने सुझाए।

निर्वाचन आयोगले केही उल्लङ्घनका घटनामा कारबाही गर्दै दुईलाई रु २५ हजार जरिवाना गरेको छ। अध्ययनले राजनीतिक दल, परिवार, समुदाय र राज्य निकायलाई बालबालिकाको प्रयोग रोक्न जिम्मेवार भूमिका निर्वाह गर्न सुझाव दिएको छ।

प्रतिवेदन सन् ५० जिल्लाका १०७ सदस्य संस्था, सातवटा प्रदेश समिति, बालबालिका सञ्जाल र नागरिक समाजको सहकार्यमा तयार गरिएको थियो, जसका लागि सेभ द चिल्ड्रेनले प्राविधिक सहयोग प्रदान गरेको थियो।

spot_img

ताजा अपडेट

लोकप्रिय