पोखरियामा शम्भु प्रसाद रौनियारको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि सम्पन्न

spot_img

बीरगन्ज,१७ चैत । पर्साको पोखरियामा स्वर्गीय शम्भु प्रसाद रौनियारको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि सम्पन्न गरिएको छ। पोखरिया नगरपालिकाका प्रथम नगरप्रमुख तथा पूर्व मेयर दिपनारायण रौनियार (मन्टु) का पूजनीय पिताको अन्त्येष्टि स्थानीय रूपमा सम्पन्न गरिएको हो।

अन्त्येष्टिको क्रममा स्वर्गीय रौनियारको पार्थिव शरीरमा नेपाली कांग्रेसको चारतारे झण्डा ओढाएर सम्मान व्यक्त गरिएको थियो। नेपाली कांग्रेसका पूर्व मन्त्री तथा केन्द्रीय सदस्य सुरेन्द्र प्रसाद चौधरीले श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि सम्पन्न गरेका थिए।

उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय