spot_img

सभामुख चयन प्रक्रिया सुरु, रास्वपाबाट डीपी अर्याल मुख्य दाबेदार

spot_img
spot_img

काठमाडौं,२० चैत । प्रतिनिधिसभाको सभामुख चयनका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। सङ्घीय संसद् सचिवालय ले सार्वजनिक गरेको तालिकाअनुसार चैत २२ गते हुने निर्वाचनका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गरिनेछ।

सचिवालयका अनुसार उम्मेदवारहरूको अन्तिम सूची आजै दिउँसो २:३० बजे प्रकाशित गरिनेछ। दर्ता भएका उम्मेदवारहरूबीच चैत २२ गते बिहान ११ बजे प्रतिनिधिसभा बैठकमा मतदानमार्फत सभामुख चयन गरिनेछ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डीपी अर्याल लाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीका सभापति रवि लामिछाने द्वारा प्रस्तुत प्रस्ताव संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

हालको संसदीय समीकरण र रास्वपाको बलियो उपस्थितिका आधारमा अर्यालको विजय लगभग निश्चित मानिएको छ। पूर्व मन्त्रीसमेत रहेका उनी अनुभवी नेताका रूपमा चिनिन्छन्।

अन्य दलहरूले भने आफ्नो रणनीति सार्वजनिक गरिसकेका छैनन्, तर आजको उम्मेदवारी दर्तापछि संसद्को शक्ति सन्तुलन अझ स्पष्ट हुने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय