spot_img

जनताको चाहनाअनुसार सरकार अघि बढ्छ : अमरेशकुमार सिंह

spot_img
spot_img

काठमाडौं,२० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले वर्तमान सरकार जनताको चाहनाअनुसार अघि बढ्ने बताएका छन्।

संघीय संसद् सचिवालय परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकार र पार्टी दुवै जनताको अपेक्षा अनुरूप काम गर्न प्रतिबद्ध रहेको उल्लेख गरे। जनताले दिएको मतको सम्मान गर्दै त्यसको सदुपयोग हुनेगरी काम गरिने उनको भनाइ थियो।

सांसद सिंहले सरकारले कुनै पनि प्रकारको भ्रष्टाचार र कुशासन सहन नसक्ने स्पष्ट पार्दै सुशासनलाई प्राथमिकतामा राखिने बताए। उनले सरकारको कामले जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने दाबी पनि गरे।

उनले सञ्चारकर्मीहरूलाई सरकारको कामकारबाहीलाई नजिकबाट अवलोकन गर्न आग्रह गर्दै कम्तीमा तीन महिनासम्म सूक्ष्म निगरानी गर्न अनुरोध गरे।

“हामीलाई जनताले परिवर्तनका लागि जिम्मेवारी दिएका छन्, अब त्यो परिवर्तन अनुभूति हुनेगरी काम गर्छौं,” उनले भने।

सिंहका अनुसार सरकार र पार्टी दुवै मिलेर प्रभावकारी काम गर्दै जनविश्वास कायम राख्ने दिशामा अघि बढ्नेछन्।

spot_img

ताजा अपडेट

लोकप्रिय