सर्लाहीको चुरे क्षेत्रमा अज्ञात वन्यजन्तुको आक्रमण, स्थानीयमा बाघको आशङ्का

spot_img

सर्लाही,२१ चैत । जिल्लाको उत्तरपूर्वी चुरे क्षेत्रका बस्तीहरूमा अज्ञात वन्यजन्तुले चौपाय मार्न थालेपछि स्थानीयवासी त्रासमा परेका छन्।

ईश्वरपुर नगरपालिका–१२ स्थित चुरेबस्ती क्षेत्रमा जङ्गलमा चराउन लगिएका दुई गोरु र केही बाख्रा मारिएको स्थानीयले बताएका छन्। दिनेश बम्जनका अनुसार जङ्गलमा खोजी गर्दा चौपाय मृत अवस्थामा फेला परेका थिए र वन्यजन्तुले मासु खाएको देखिएको थियो।

स्थानीयले उक्त वन्यजन्तुको शरीरमा पाटाजस्ता चिन्ह देखिएको बताउँदै पाटे बाघ भएको हुनसक्ने आशङ्का गरेका छन्। तर वन कार्यालय वा सम्बन्धित निकायबाट यसको पुष्टि हुन बाँकी छ।

यो क्षेत्र सिन्धुलीको मरिण र महोत्तरीको खयरमारा सीमासँग जोडिएको चुरे भेगमा पर्छ। केही दिनअघि उक्त वन्यजन्तु बाँके खोला पार गरेर बर्दिवासतर्फ गएको स्थानीयले बताएका छन्।

गत वर्ष पनि सोही क्षेत्रमा यस्तै बाघजस्तो देखिने वन्यजन्तुले बाख्रा मारेको घटना भएको थियो। पछिल्लो समय चुरे क्षेत्रमा भालु, मृग लगायत वन्यजन्तु देखिन थालेपछि स्थानीय बासिन्दा अझै सतर्क बनेका छन्।

वन्यजन्तुको बढ्दो गतिविधिले बस्तीमा आउजाउ गर्नसमेत जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय