नेशनल मेडिकल कलेज बीरगन्जमा स्पोर्ट्स वीक २०८२ भव्य रूपमा सुरु

spot_img

बीरगन्ज,२२ चैत । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगन्जमा स्पोर्ट्स वीक २०८२ औपचारिक रूपमा उद्घाटन गरिएको छ। कलेज परिसरस्थित फुटबल ग्राउण्डमा बिहान ९:३० बजे कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रम कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा विभिन्न शैक्षिक तथा प्रशासनिक पदाधिकारीहरूको सहभागिता रहेको थियो, जसमा एडमिशन तथा मार्केटिङ निर्देशक, अस्पताल निर्देशक, उप–प्राचार्य, नर्सिङ निर्देशक लगायतको उपस्थिति उल्लेखनीय रहेको थियो।

कार्यक्रममा खेलकुद संयोजक प्रा. डा. आनन्द कुमार चौरेसिया, सदस्य सचिव जाफ्रे आलम अन्सारी र समन्वयकर्ता मोहम्मद फिरोजको सक्रिय भूमिका रहेको थियो। साथै राष्ट्रिय क्रिकेट खेलाडी तथा कप्तान हाशिम अन्सारीको विशेष उपस्थिति कार्यक्रमको आकर्षण बनेको थियो।

उद्घाटन समारोहको सुरुवात राष्ट्रिय गानबाट गरिएको थियो। त्यसपछि प्रमुख अतिथि र अन्य पदाधिकारीहरूले मन्तव्य व्यक्त गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, स्वास्थ्य र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

कार्यक्रममा विभिन्न संकायका विद्यार्थीहरूद्वारा मार्चपास्ट प्रदर्शन गरिएको थियो भने स्वयंसेवकहरूलाई खेल सामग्री वितरण गरिएको थियो। साथै बलुन उडाएर उद्घाटनलाई उत्सवमय बनाइएको थियो।

स्पोर्ट्स वीक २०८२ अन्तर्गत आगामी दिनहरूमा विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन हुने कलेजका प्रेस सल्लाहकार आशिक अन्सारीले जानकारी दिएका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय